अस्थायी प्रहरी पोष्ट हापुरलाई स्वास्थ्य सामग्री सहयोग – Kanika Khabar
Friday, May 23Nepali News Portal

अस्थायी प्रहरी पोष्ट हापुरलाई स्वास्थ्य सामग्री सहयोग

    मा प्रकाशित

दाङ,३० भदौ ।

नेकपाका युवा नेता प्रेम बुढाले अस्थायी प्रहरी पोष्ट हापुरलाई स्वास्थ्य सामग्री सहयोग सहयोग गरेका छन् ।

कोरोना भाइरसको महामारीको समयमा अग्रपंतीमा खटिएर काम गर्ने प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गर्ने कार्यक्रम अन्तर्गत मंगलवार अस्थायी प्रहरी पोष्ट हापुरलाई स्वास्थ्य सामग्री सहयोग गरेको युवा नेता बुढाले जानकारी दिएका छन् ।

उनले अस्थायी प्रहरी पोष्ट हापुरमा पुगेर इन्चार्ज शहदेब योगीलाई स्वास्थ्य सामग्रीका रुपमा मास्क तथा सेनेटाइजर हस्तान्तरण गरेका हुन । कोरोनाको महामारीको समयमा ग्रामीण क्षेत्रमा आएर स्वास्थ्य सामग्री सहयोग गरेकोमा बुढालाई इन्चार्ज योगीले धन्यवाद दिएका थिए । बुढाले सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्ने कार्यक्रम निरन्तर रुपमा चलाउने समेत बताएका छन् ।

स्वास्थ्य सामग्री सहयोग कार्यक्रममा घोराही उपमहानगरपालिका–१२ का वडा सदस्य पुष्प बिक (गिरु) र बक्सिङ प्रशिक्षक समिर सिद्धिकीको उपस्थिती रहेको थियो । यस अघि युवा नेता बुढाले घोराहीको नयाँ बसपार्क र घोराही–होलेरी सडक अन्तर्गत दुईखोलीमा रहेको प्रहरी चौकीमा पुगेर स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्