साईकलसँग मोटरसाईकल ठोक्किँदा एकजनाको मृत्यु – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

साईकलसँग मोटरसाईकल ठोक्किँदा एकजनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं ३०, सिन्धुली
मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकामा गएराति मोटरसाईकल र साईकल एकआपसमा ठाक्किँदा एकजनाको मृत्यु भएको छ । उदयपुरको कटारीबाट दुधौलीतर्फ आउदै गरेको लु ५८ प २६३८ अस्थाई नंम्बरको मोटरसाईकल र विपरित दिशाबाट गईरहेको साईकल दुधौली नगरपालिकामा –७ सुगारेमा एकआपसमा ठोकिएका थिए । दुर्घटनामा मोटरसाईकलको पछाडि सवार सुनसरीको ईटहरी घर भई हाल लघु उद्योग बित्तिय संस्था दुधौली शाखाको शाखा प्रमुख पदमा कार्यरत २६ वर्षका यादव ढुङ्गानाको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते यादवको उपचारकाक्रममा सिराहाको फूलकुमारी अस्पताल कर्जनाहामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मोटरसाईकलका चालक वाराको निजगढ नगरपालिका– ७ घर भई हाल आरम्भ माईक्रो फाईनस दुधौलीमा काम गर्दै आएका २४ वर्षका अनिल घिमिरेको हात र खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्