२४ घण्टामा थप ११ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

२४ घण्टामा थप ११ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं ३१, काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ सय ७१ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ६२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ४० हजार ६३८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७८० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १० हजार ३७५ पीसीआर परीक्षण भएका छन् । २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । योसँगै आजसम्म नेपालमा जम्मा कोरोना सङ्क्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । अहिले सार्वजनिक यातायात चलेको र भिडभाड पनि बढेकाले स्वास्थ्य सर्तकता अपनाउन पनि डा. गौतमले सबैलाइ आग्रह गर्नुभयो । यसैबीच, सरकारले कोरोना भाइरसको लक्षण नदेखिएका सङ्क्रमितको परीक्षण नगर्ने भएको छ । स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन ईकाइको आइतवार बसेको वैठकले लक्षण देखिएका व्यक्तिहरुको मात्र परीक्षण गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले क्वारेन्टिनमा र्दुइ साता अनिवार्य बस्नुपर्ने तर उनीहरुमा लक्षण नदेखिए परीक्षण नगर्ने र फ्रन्ट लाईनमा खटेका चिकित्सक र स्वास्थ्यकर्मीहरूको पनि लक्षण नभए परीक्षण नगर्ने जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्