निमित्त प्रमुख प्रशासकीय अधिकृत गौतमको स्वागत – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

निमित्त प्रमुख प्रशासकीय अधिकृत गौतमको स्वागत

    मा प्रकाशित

कनिका खबर
भदौ ३१, तुलसीपुर ।
दाङ जिल्लाको तुलसीपुर उपमहानगरपािलकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमको स्वागत गरिएको छ । उपमहानगरपालिकाकै शिक्षा शाखामा कार्यरत गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २९ गते आर्थिक तथा प्रशासनिक कार्य समेत गर्ने गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।
गौतमको स्वागत गर्दै कार्यवाहक नगरप्रमुख माया शर्माले तुलसीपुरलाई समृद्ध वनाउने यात्रामा सारथी वन्न सुझाव दिइन् । ‘जनताको काम न्यायपूर्ण ढँगले गर्नुहोला’ उनले भनिन् । त्यसैगरी सो अवसरमा वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछाने, शिक्षा समिति संयोजक देवराज विक लगायतले शुभकामना दिएका थिए । सो अवसरमा गौतमले सबैको भावना वुझेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ‘नैतिक मर्यादा र सीमा नभुलेर काम गर्नेछु’ उनले भने ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्