सल्यानमा बस दुर्घटना हुँदा १६ जना घाइते – Kanika Khabar
Monday, August 24Nepali News Portal

सल्यानमा बस दुर्घटना हुँदा १६ जना घाइते

    मा प्रकाशित

कनिका खबर
सल्यान, भदौ ३१।
सल्यानमा बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ भुमेश्वर जिउलामा बस दुर्घटना हुँदा ६ महिला र १० पुरुष गरी १६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको अहिले श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

घाइते हुनेमा दार्मा ६ का भक्त केसी, बागचौर–६ का पदम वली, दार्मा–६ का नेत्र मल्ल, छत्रेश्वरी–७ का राधिका खड्का र भुमिका खड्का, जानकी गाउपालिका–५ कैलालीका अमृत चौधरी र सुस्मिता चौधरी , छत्रेश्वरी–६ का नवीन घर्ती, अपेक्षा केसी,तोरन सार्की, कृष्ण चलाउने, बिजय बिक, खिमलाल नेपाली, सन्तोष नेपाली र गाडीका सह चालक छत्रेश्वरि ५ का भिमार्जुन केसी रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये एक जनालाई अलि बढी चोट लागेको भएपनि अन्यको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

भोटेचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ७ ख १८४६ नम्बरको शारदा यातायात प्रालिको बस आज विहान साढे १० बजे दुर्घटनामा परेको थियो । गाडी सडकबाट २० मिटर तल खेतमा खसेको छ । बस दुर्घटनामा हुनुको कारण खुलको छैन । अहिले घाइतेहरुको अबस्था बुझ्न छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसि र वडा नम्बर ६ का अध्यक्ष दिपमनी दसौदी अस्पताल पुग्नुभएको जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्