सरकारलाई खाेक्राे आदर्श नदेखाउन काङ्ग्रेस नेतृ सङ्ग्राैलाकाे चेतावनी – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

सरकारलाई खाेक्राे आदर्श नदेखाउन काङ्ग्रेस नेतृ सङ्ग्राैलाकाे चेतावनी

    मा प्रकाशित

कनिका खबर
भदाै ३१, दाङ ।
प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्राैलाले सरकारलाई खाेक्राे अादर्श नदेखाउन चेतावनी दिएकी छिन् । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङकाे विषयलाई लिएर उनले यस्ताे चेतावनी दिएकी हुन् । उनले भनिन्, `आम नेपाली जनताको मनमनमा प्रतिष्ठित रहेका विद्युत प्राधिकरणका कुलमान घिसिङलाई निरन्तरता नदिएर कुनै माफियालाई सुम्पने बिचारले निमित्तको भरमा प्राधिकरण चलाउन खोज्नु नेपाली जनताप्रति अपमान गरेको हैन र सरकार ? ´ उनले थपिन्, `राम्रो काम गर्नेलाई पुरुस्कार र नराम्रो गर्नेलाई दन्डित भनेको यही हो र ? खोक्रो आदर्श नदेखाऊ सरकार!जनताको घर दैलोको उज्यालो प्रकाशलाई अन्धकार नबनाइयोस् । हेक्का राखोस सरकारले।´

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्