अब बैठकमा सहभागी हुन काेराेना परीक्षण – Kanika Khabar
Friday, April 26Nepali News Portal

अब बैठकमा सहभागी हुन काेराेना परीक्षण

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २५, दाङ।

अब संसदकाे अधिवेशनमा सहभागी हुनका लागि काेभिड १९ परीक्षण गरेकाे हुनु पर्ने भएकाे छ ।भाेलि २६ गतेबाट हुने स‌ंसद अधिवेशनमा सहभागी हुने सांसदले आफूलाई कोरोना स‌ंक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र संसद बैठकभित्र प्रवेश गर्न पाउने भएका छन् ।

सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको हो । यदि रिपोर्टमा संक्रण देखिएको पाइए बैठकमा सहभागी हुन पाउने छैनन् ।

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीका अनुसार बिहीबार पीसीआर परीक्षण भएका सांसदहरुको रिपोर्ट ढिलोमा शुक्रबार विहानसम्म आइसक्ने र सो रिपोर्ट देखाएर मात्र सांसदहरुलाई बैठकमा प्रवेश गर्न दिइने सहमति भएको छ ।

संघीय संसदका दुवै सदनका सांसदहरुको बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन भइरहेको छ । काठमाडौं बाहिर रहेका सांसदहरुको स्वाब संकलन शुक्रबार विहानैदेखि हुनेछ । उनीहरु रिपोर्ट नआई संसद बैठकमा भाग लिन नपाउने भएकाले राजधानी बाहिर रहेका धेरै सांसद शुक्रबारको बैठकमा भाग लिनबाट वञ्चित हुने सम्भावना छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्