आइसोलेसनबाटै महामन्त्री कोइरालाको सम्बोधन – Kanika Khabar
Friday, April 26Nepali News Portal

आइसोलेसनबाटै महामन्त्री कोइरालाको सम्बोधन

    मा प्रकाशित

कनिका खबर
असोज १, दाङ ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेता कार्यकर्ता तथा शुभचिन्तकहरुलाई आफ्नो स्वास्थ्यबारे चिन्तित नहुन आग्रह गरेका छन् । उनले आज बिहीबार ओम अस्पतालको आइसोलेसनबाट आफू दुई तीन दिनपछि डिस्चार्ज हुने बताएका हुन् ।

मंगलबार साँझबाट ओम अस्पतालमा उपचारत कोइरालाले २७ सेकेन्डको भिडियो सन्देश जारी गर्दै भनेका छन्, “म कोभिड १९ बाट प्रभावित भएको व्यक्ति आज ओम नर्सिङ होममा आइसोलेसनमा छु । तपाईंहरुले चिन्ता गर्नुपर्दैन । दुई तीन दिन अझै यहाँ बसेर म डिस्चार्ज हुन्छु । यति नै भनौं भनेर तपाईं सम्पूर्णलाई आग्रह छ ।
प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको छ । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे कोइरालालाई अस्पताल भर्ना गरिएको थियो । महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्