विद्यार्थी अभिलेखीकरणका लागि घोराही उपमहानगरपालिकाको मापदण्ड तयार – Kanika Khabar
Friday, April 26Nepali News Portal

विद्यार्थी अभिलेखीकरणका लागि घोराही उपमहानगरपालिकाको मापदण्ड तयार

    मा प्रकाशित

कनिका खबर
असोज १, दाङ ।
लामो समयदेखि बन्दाबन्दीको मारमा परेका घोराही उपमहानगरपालिकाका विद्यालयहरु शिक्षा महाशाखाको अनुमतिमा सञ्चालन हुने भएका छन् । हिजो बुधबार बसेको घोराही नगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले विद्यालय सञ्चालनका लागि सात वटा मापदण्ड तयार पारेको छ । पूर्ण स्वास्थ्य सतर्कता अपनाएर विद्यालयलाई सिकाई केन्द्रका रूपमा संचालन गर्ने निर्णय गरेको छ । शैक्षिक सत्र २०७७ को मासिक शुल्क र वार्षिक शुल्क २०७६ कै लिने निर्णय बैठकले गरेको छ । असोज महिनादेखि मासिक शुल्क लिने, ४ कक्षादेखि माथिका विद्यार्थीलाई विद्यालय बोलाउने, प्रति बेन्च १ जना मात्र राख्ने, असोज ५ गतेसम्म शिक्षा महाशाखामा कार्य योजना पेश गरी कक्षा संचालनको अनुमती लिने निर्णय हिजोको बैठकले गरेको हो । त्यसैगरी अहिलेको समयमा विद्यालय यातायात सञ्चालन नगर्ने साथै उक्त कार्यको अनुगमन गरिने बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्