गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Thursday, June 11Nepali News Portal

गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
असोज १, पर्वत
गण्डकी प्रदेशमा आज बिहान थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १२ जना, बागलुङ र कास्कीमा ४/४ जना, गोरखामा २ जना र तनहुँमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएका कास्कीको पोखरा महानगरपालिका १५ का २९ वर्षिय पुरुष र बागलुङको बागलुङ नगरपालिकाका तीनजना पुरुष भारतबाट आई क्वारेण्टाईनमा बसेका व्यक्ति हुन् भने अरु सबै कन्टयाक्ट ट्रेसिङबाट पहिचान भएका व्यक्ति हुन् । स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार सङ्क्रमित हुनेमा पुरुष १४ जना रहेका छन् भने महिला ९ जना रहेका छन् । यो सँगै अहिलेसम्म गण्डकी प्रदेशभर कोरोना सङ्क्रमति हुनेको संख्या ३ हजार २ सय १ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्