नेविसंघले गर्यो दीप प्रज्वलन – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

नेविसंघले गर्यो दीप प्रज्वलन

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २५, दाङ ।
नेविसंघ घोराही उपमहानगरपालिकाले बुद्ध जयन्तीको अवसर पारेर आज सुनपुरमा शान्ति दीप प्रज्वलन गरेको छ । २५६४ र्औँ बुद्ध जयन्तीको अवसरमा दीप प्रज्वलन गरिएको हो ।

नेविसंघ घोराहीका अध्यक्ष निरज पाण्डेको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका नेता भोला अधिकारीका प्रमुख आतिथ्यतामा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा बोल्ने वक्ताहरुले विश्वले बुद्धको मार्गलाई आत्मसात् गर्नुपर्ने बताउँदै नेपाली काङ्ग्रेसले अबलम्बन गरेको शान्तिको मार्गलाई अझ सुदृढ बनाउँदै लैजाने बताएका थिए ।

कार्यक्रममा नेपाल तरुण दल दाङका सदस्य विरु खत्री, डाँडागाउँ गोग्लीकी नेविसंघ सभापति बिजया हमाल, सुदीप पाण्डे, समीर के.सी, अमर घिमिरे र टीकाराम पाण्डे लगायतको उपस्थित रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्