मुख्य मन्त्रीद्धारा रारा ताल वरिपरिको सडकको शिलान्यास – Kanika Khabar
Sunday, October 25Nepali News Portal

मुख्य मन्त्रीद्धारा रारा ताल वरिपरिको सडकको शिलान्यास

    मा प्रकाशित

कनिका खबर
असोज १,मुगु

कर्णाली प्रदेशका मुख्य मन्त्रीद्धारा आज विहान ८ बजे रारा ताल वरिपोरी साईकिलिङ रोड निर्माणको शिल्यान्यास भएको छ । आर्थिक वर्ष २०७५÷ ०७६ र आर्थिक वर्ष २०७६÷ ०७७ मा सडक निर्माण कार्य सुरु गरे पनि काम हुन नसकेको र दुई आर्थिक वर्षमा ६ करोड रकम फिर्ता भएको थियो । चालु आर्थिक वर्षमा सडक निर्माणका लागि मुख्य मन्त्री महेन्द्रबहादुर शाहीद्धारा शिलान्यास गरिएको छ । सडकको डिपिआरमा ४२ करोड लगानी हुने छ भने साईकिलिङ रोडका लागि ३ करोडको ठेक्का प्रदान गरि काम सुरु भईसकेको छ । रारा ताल वरीपोरी साईकल र घोडा बाट पर्यटकहरु घुम्ने गरि १४ किलोमिटर लम्बाई र ५ दशमलव ६ मिटर चौडाई हुने बताईएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्