हिरासतमा भएको मृत्युका घटनाको अध्ययन गर्न उपसमिति गठन – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

हिरासतमा भएको मृत्युका घटनाको अध्ययन गर्न उपसमिति गठन

    मा प्रकाशित

कनिका खबर
असोज २, काठमाडौं
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले हिरासतमा भएको मृत्युका घटनाको अध्ययन गर्न उपसमिति गठन गरेको छ । हिजो बसेको बैठकले हिरासतमा भएका मृत्युबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्न ५ सदस्यीय उपसमिति गठन गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले सीर्आइएनसँग बताउनुभयो । केही महिनायता धनुषा, रौतहट र कैलालीमा हिरासतमा रहेका बेला ३ जनाको मृत्यु भएको छ । मृत्युको घटनालाई लिएर मृत्यु हुनेका आफन्तजनले विरोध प्रदर्शन गरेका छन् भने प्रहरीले गठन गरेको छानबिनमा कतिपय प्रहरी अधिकारी नै तानिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्