कनिका खबर
असोज २, काठमाडौं
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले हिरासतमा भएको मृत्युका घटनाको अध्ययन गर्न उपसमिति गठन गरेको छ । हिजो बसेको बैठकले हिरासतमा भएका मृत्युबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्न ५ सदस्यीय उपसमिति गठन गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले सीर्आइएनसँग बताउनुभयो । केही महिनायता धनुषा, रौतहट र कैलालीमा हिरासतमा रहेका बेला ३ जनाको मृत्यु भएको छ । मृत्युको घटनालाई लिएर मृत्यु हुनेका आफन्तजनले विरोध प्रदर्शन गरेका छन् भने प्रहरीले गठन गरेको छानबिनमा कतिपय प्रहरी अधिकारी नै तानिएका छन् ।
मा प्रकाशित