काेराेना भाइरसकाे अनुसन्धान गरिरहेका प्राेफेसर मृत फेला – Kanika Khabar
Thursday, April 18Nepali News Portal

काेराेना भाइरसकाे अनुसन्धान गरिरहेका प्राेफेसर मृत फेला

    मा प्रकाशित

कनिका डेस्क

बैशाख २५, दाङ ।

अमेरिकामा कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका चिनियाँ प्रोफेसर गत साता आफ्नै निवासमा मृत भेटिएका थिए ।

प्रहरी अनुसन्धानका आधारमा उनको गोली हानी हत्या भएको पुष्टि भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको मेडिसिन विभागका ३७ वर्षीय सहायक प्रोफेसर बिङ ली गत शनिबार आफ्नै निवासमा मृत भेटिएका थिए ।

उनको टाउको, छाती, हात, खुट्टा र गर्धनमा गोली लागेको बताइएको छ । प्रहरीले उनको हत्या आफ्नै साथी इन्जिनियर हाउ गुले गरेको जनाएको छ । प्रहरीका अनुसन्धान अनुसार हाउले उनको हत्यापछि आत्महत्या गरेका थिए ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार प्रोफेसर लीले पछिल्लो समय कोभिड १९ को गहन खोज गरिरहेका थिए । यस्तो अवस्थामा उनको हत्या भएको घटनालाई चासोका साथ हेरिएको छ । तर प्रहरीहरुले उनको हत्याको कारण कोभिड १९ को अध्ययन र उपलब्धिसँग सम्बन्धित रहेको कुनै प्रमाण हालसम्म नभेटिएको जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्