कुलमान घिसिङका लागि कानुन बाधक : प्रवक्ता ज्ञवाली – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

कुलमान घिसिङका लागि कानुन बाधक : प्रवक्ता ज्ञवाली

    मा प्रकाशित

कनिका खबर
असोज २, दाङ ।
कुलमान घिसिङलाई नेपालविद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रूपमा पुनर्नियुक्तिका लागि कानुन बाधक भएको सरकारले प्रतिक्रिया दिएको छ ।
आज बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले यस्तो बताएका हुन् । मन्त्री ज्ञवालीले विद्युत प्राधिकरणका सन्दर्भमा आएका र रचिएका कथाहरूमा रमाउनु आवश्यक नभएको टिप्पणी गरे ।
कुलमान घिसिङलाई नै नियुक्ति गर्नै परेमा पनि नयाँ कानुन अनुसार गरिने तर यसबारे सरकारले छलफल गरिरहेको उनले बताए । नेपाललाई लोडसेडिङमुक्त बनाउन कुलमानको भूमिका महत्वपूर्ण रहे पनि उनको एक्लो प्रयासले मात्र नभई सरकारको लगानी र सम्पूर्ण टिमको योगदानको कारण सम्भव भएको मन्त्री ज्ञवालीको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्