धुस्कुनमा कक्षा ११ र १२ निशुल्क पढाइने – Kanika Khabar
Friday, April 19Nepali News Portal

धुस्कुनमा कक्षा ११ र १२ निशुल्क पढाइने

    मा प्रकाशित

देवराज सुवेदी
असोज २, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामाकक्षा ११ र १२ निशुल्क पढाइने भएको छ । गाउँपालिकाको वडा नं ३ धुस्कुनमा रहेको महेन्द्र प्रतापमाध्यामिक विद्यालयले कक्षा ११ र १२ निशुल्क पढाउने भएको हो । नेपाल सरकारले प्रत्येक बालबालिकाले कक्षा १२ सम्मको शिक्षा निशुल्क पाउनेछन भनेर लेखे तापनि हालसम्म कुनै पनि विद्यालयले यो व्यवस्था गरेको पाइएको छैन । एसईईपछि आफूले इच्छाएको विषय अध्ययन गर्न महँगो खर्चमा आफ्नो गाउँ छोडेर बजार जाने विद्यार्थीहरुलाई आफ्नै गाउँमा निशुल्क शिक्षा पाउने वातावरण सिर्जना भएपछि घट्दै गएको बिद्यार्थी संख्यालाई पनि बचाउन सकिने र विद्यार्थी तथा अभिभाबकहरुलाई पनि अर्थिक भार नहुने वडाध्याक्ष सुकदेव रिसालले बताए । रिसालको यो अभियानमा विद्यालयले भर्ना कार्यक्रम सुरु गरिसकेको छ भने उक्त अभियानलाई सहजताका साथ अघि बढाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम न्यौपाने र प्रधानाध्यापक सुरज भट्टराई पनि जुटेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्