पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान दिवसलाई यसरी सम्झे – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान दिवसलाई यसरी सम्झे

    मा प्रकाशित

कनिका खबर
असोज ३, दाङ ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान दिवसको पूर्व सन्ध्यामा संविधान दिवसमा सबैले सम्झनै पर्ने कुरा भनेर ३ कुरा उललेख गरेका छन् । स्रविधान दिवसको पूर्व सन्ध्या हिजो शुक्रबार ट्विट गर्दै उनले ३ कुरालाई संविधान दिवसका अवसरमा सम्झनै पर्ने कुरा भनी उल्लेख गरेका हुन् ।
डा. भट्टराईले सबैले सम्झनै पर्ने ३ कुरा भन्दै स्रविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेश विद्रोह हुन् अरु धाइ, सुसारे, पण्डा, नर्तकी र तमासे रहेको बताएका छन् । त्यसैगरी उनले गर्भमै यातना दिएर शिशुलाई अपाङ्ग बनाउने बयलगाडेहरुको हातमा संविधान सुरक्षित नभएको टिप्पणी गरेको छन् । साथै अपाङ्ग शिशुको उपचार र रक्षा गरौँ भनी अपील समेत गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्