सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक आगामी असोज ८ गते – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक आगामी असोज ८ गते

    मा प्रकाशित

कनिका खबर
असोज ३, काठमाडौँ ।
सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक आगामी असोज ८ गते (२४ सेप्टेम्बरमा) हुने भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने बैठक भर्चुअल माध्यमबाट हुने छ ।

सांघाई कोअपरेसन अर्गनाइजेसनको बैठकमा सहभागी भारत–पाकिस्तान दुवै देशका विदेशमन्त्रीहरु पनि २४ सेप्टेम्बरको बैठकमा भेट हुने अपेक्षा गरेको द हिन्दुले लेखेको छ ।सार्क अध्यक्ष राष्ट्र नेपाल भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्नेछन् । बैठकमा सार्कका आठ वटै सदस्य राष्ट्रको सहभागीता हुने अपेक्षा गरिएको छ ।गत बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठक बसेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्