संविधान दिवसमा गाउँपालिका अध्यक्षको शुभकामनाः ‘समृद्धिको जग बसाल्न सफल भयौँ’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

संविधान दिवसमा गाउँपालिका अध्यक्षको शुभकामनाः ‘समृद्धिको जग बसाल्न सफल भयौँ’

    मा प्रकाशित

कनिका खबर
सल्यान, ३ असोज ।

कपुरकोट गाउँपालिका सल्यानका अध्यक्ष भिम बहादुर सेनले संघीय गणतान्त्रिक नेपालको पाचौं संविधान दिवसको अवसरमा शुभकामना दिएका छन् । हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले संविधान ल्याइएको र फलदायी अनि शुभ सावित बन्दै गएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

अध्यक्ष सेनले नेपालको संविधानको प्रावधान अनि मर्म अनुरुप आज कुनै पनि नेपालीले लिगं, धर्म, जात, वर्ग, रंग, पहिचान, भाषा या अन्य कुनै आधारमा बिभेद सहनु नपरेको उल्लेख गरेका छन् । उनले संघीय शासन प्रणालीलाई संस्थागत गर्दै संविधानले दिएको जनअधिकार पुरा गर्ने दिशामा कपुरकोट गाउँपालिका दृृढताको साथ अघि बढीरहेको जनाए ।

शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले यस गाउँपालिकामा विभिन्न अभाव र चुनौतिको वावजुद पनि छोटो समयमै विकास, समृद्धि र सार्वजनिक सेवा प्रवाहको जग बसाल्न सफल भएका छौँ । यस क्षेत्रको आर्थिक, भौतिक तथा सामाजिक विकास गरी समृद्ध कपुरकोट बनाउन यस गाउँपालिका प्रतिवद्ध छ ।’ अध्यक्ष सेनले विश्व महामारीको रुपमा सबैलाई प्रभावित बनाइरहेको कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणमा सजगता अपनाउन पनि आग्रह गरेका छन् ।

यसैविच संविधान दिवसको अवसरमा कपुरकोट गाउँपालिकाका सबै वडा कार्यालयमा दिपावली गरिने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्