कनिका खबर
असोज ३, हुम्ला
कोरेनाको कहरबीच गत साउन महिनामा गएको बाढीले पु¥याएको क्षतिको अनुगमन गर्न कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीसहित आन्तरीक मामिला तथा कानुन मन्त्री र सामाजिक बिकास मन्त्री कर्णाली प्रदेशका बिभिन्न जिल्लामा पुग्नुभएको छ । मुगु जिल्लाको गमगढी, सोरु गाउँपालिका हुँदै हुम्लाको अदानचुली र ताँजाकोट हुँदै उनीहरू सिमकोट पुगेका छन् । हेलिकप्टरबाटै पहिरो प्रभाबित क्षेत्रको अनुगमन पश्चात अदानचुली गाउँपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा कर्णाली प्रदेशका सामाजीक बिकास मन्त्री दल रावलले पीडितलाई उचित राहत व्यवस्थापन गर्ने बताउनु भयो । विकासका लागि कर्णाली प्रदेश सरकार हरदम प्रयत्न गर्ने कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो । यहाँका नागरिकहरु विकासका लागि योजना माग्दैनन् पैसा बचाउनको लागि योजना माग्ने गरेकोप्रति कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले असन्तुष्टि जनाउनुभयो ।
मा प्रकाशित