जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डको विजयी सुरुवात – Kanika Khabar
Sunday, July 19Nepali News Portal

जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डको विजयी सुरुवात

    मा प्रकाशित

कनिका खबर
असोज ४, दाङ
बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा सुखद सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा बोरुसिया मुन्छेनग्लाडबाखलाई ३–० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गर्नुभयो, यस्तै जियोभानी रेइनाले एक गोल गर्नुभयो । जितसँगै डर्टमण्डले सिजनको सुखद सुरुवात गरेको छ । पहिलो खेलमै डर्टमण्डले महत्वपूर्ण ३ अंक जोडेको छ । डर्टमण्ड तालिकाको तेस्रो स्थानमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्