नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पेरिसडाँडामा बस्दै – Kanika Khabar
Sunday, July 19Nepali News Portal

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पेरिसडाँडामा बस्दै

    मा प्रकाशित

कनिका खबर
असोज ४, दाङ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक आज पहिलो पटक पेरिसडाँडामा बस्दैछ ।

पूर्वमाओवादीको मुख्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी गत शुक्रबार नै बोलाइएको बैठक संविधान दिवसको कार्यक्रममा व्यस्त हुनुपर्ने कारण देखाउँदै अन्तिम समयमा स्थगित गरिएको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक आफ्नो पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् ।

बिहान ११ बजे हुने बैठकमा पार्टीको आन्तरिक शक्ति समीकरण मिलाउन मन्त्रीहरू हेरफेरको विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

बैठकले उपयुक्त मापदण्ड निर्माण, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रीहरू हेरफेरको सूची तयार पार्न जिम्मेवारी दिन पनि सक्ने प्रचण्ड निकट नेताले बताएका छन् ।

यस अतिरिक्त आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउने विषय पनि छलफलमा रहेको बताइएको छ ।

२६ भदौको स्थायी कमिटी बैठकले दाहाल र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यविभाजन र कार्याधिकार स्पष्ट पारेको थियो ।

उक्त बैठकले अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतपमा अघि बढाउन समन्वय गर्ने उल्लेख गरिएकाले यिनै विषयलाई केन्द्रमा राखेर छलफलको तयारी गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्