उपभोक्ता समिति गठन तथा योजना संचालन सम्वन्धि अभिमुखीकरण – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

उपभोक्ता समिति गठन तथा योजना संचालन सम्वन्धि अभिमुखीकरण

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
असोज ४, मसुरीया (देउखुरी दाङ) ।
नयाँ आर्थिक वर्षमा योजनाका कामहरु कसरी सहज तरिकाले सम्पन्न गर्ने भन्ने बारेमा राप्ती गाउँपालिका दाङमा अभिमुखीकरण गरिएको छ ।
आर्थिक वर्ष २०७७ र ७८ को स्वीकृत योजना तथा कार्यक्रमलाई उपभोक्ता माझ लैजानु पूर्व वडा कार्यालय, गाउँपालिकाका कर्मचारी तथा प्राविधिकहरुलाई अभिमुखीकरण गरिएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले यस आर्थिक वर्षको योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी र नागरिकमुखी बनाउँदै सम्पन्न गर्ने प्रयत्नमा गाउँपालिका रहेको बताएका छन्।
कोरोना भाईरसको जोखीम कायमै रहदा नेपाल सरकारले लकडाउन तथा निशेषधाज्ञा खुला गरे संगै योजना निर्माण उपभोक्ता समिति गठन, ईस्टीमेट, बजेट परिचालन, योजनामा प्रयोगहुने सामाग्रीको पहुचता, जिल्ला तथा गाउँपालिका दररेट लगायतका विषयमा अभिमुखीकरण गरिएको छ ।
राप्ती गाउँपालिका योजना तथा विकास शाखाको आयोजनामा भएको अभिमुखीकरण पश्चात वडा, गाउँपालिका, प्रदेश र केन्द्रको योजनाहरुकोे कार्य सुरु गरिने बताईएको छ ।
वडा कार्यालय तथा गाउँपालिकाका कर्मचारी तथा प्राविधिकहरुलाई अभिमुखीकरण गरिए संगै केहि दिनमै उपभोक्ता समितिलाई समेत अभिमुखीकरण गरिने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्