कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप १३२५ जनामा कोरोना पुष्टि , ९६६ जना डिस्चार्ज र १० जनाको मृत्यु – Kanika Khabar
Saturday, October 24Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप १३२५ जनामा कोरोना पुष्टि , ९६६ जना डिस्चार्ज र १० जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज ४, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।
बितेको २४ घण्टामा ९६६ जनाले कोरोना जितेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ। योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्रै ६ जना छन्। मृत्यु हुनेमा काठमाडौंका ४०, ६०, र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुष छन्।
साथै ललितपुरमा ७५ वर्षीया र भक्तपुरमा ७२ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ।पाल्पाका ४० वर्षीया महिला, चितवनमा ८० वर्षीय पुरुष र रुपन्देहीमा ६७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। अहिलेसम्म ४११ जनाले ज्यान गुमाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्