नेकपाको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन बारे छलफल सुरु – Kanika Khabar
Saturday, October 12Nepali News Portal

नेकपाको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन बारे छलफल सुरु

    मा प्रकाशित

कनिका खबर
असोज ४, दाङ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपामा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल सुरु भएको छ । आज आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको आवश्यकता देखिएको र त्यस एजेन्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार यसबारे बैठकमा सदस्यहरुले विभिन्न सुझाव दिएका छन् तर मापदण्ड भने बनिनसकेको छैन ।
नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो । यस्तै बैठकले संवैधानिक राजनीतिक नियुक्तिका उपयुक्त निर्णय गर्न सरकारलाई सुझाव दिएको छ । सांगठनिक एकीकरणका बँँकी कार्यभारत पूरा, रिक्त रहेका स्थायी समिति र केन्द्रीय समितिमा मनोनयन गर्ने लगायतका विषयमा पनि छलफल सुरु भएको बताइएको छ ।
यसैबीचप्रवक्ता नारायणकाजी श्रेष्ठले नेता वामदेव गौतम र आफू मन्त्री हुनेबारे कहीँकतै छलफल नभएको प्रष्टीकरण दिएका छन् । कोटेश्वर पेरिसडाँडास्थित पूर्वमाओवादीको मुख्यालयमा पहिलो पटक बसेको नेकपा सचिवालयको बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै श्रेष्ठले नेता गौतम र आफू मन्त्री हुनेबारे पार्टी बैठकमा छलफल नभएको बताएका हुन् । भोली फेरि बस्ने गरी सकिएको आजको बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने सैद्धान्तिक सहमति गरेको थियो । हाल अर्थ, सञ्चार र शहरी विकास मन्त्रालय रिक्त छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्