जसले राष्ट्रलाई पदक दिलाए तर राष्ट्रको पदकमा पहुँच पुगेन – Kanika Khabar
Sunday, July 26Nepali News Portal

जसले राष्ट्रलाई पदक दिलाए तर राष्ट्रको पदकमा पहुँच पुगेन

    मा प्रकाशित

कनिका खबर
असोज ५, दाङ ।

यी हुन् नेपाललाई १३औं सागमा ३६ स्वर्ण दिलाउने खेल र खेलाडी (सूचीसहित) - Everest Dainik - News from Nepal
संविधान दिवसको अवसर पारेर नेपाल सरकारले राष्ट्रलाई योगदान पु¥याएका थुप्रै जनालाई पदकबाट विभूषित गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका बावजुत पनि सरकारले संविधान दिवस भव्यताका साथ मनाएको हो ।

नेतृत्व तहका पदाधिकारी पदकबाट विभूषित हुँदा नेपालमा सम्पन्न १३औं सागमा पदक दिलाउने खेलाडी भने पदकबाट टाढा रहेका छन ।

दक्षिण एसियाकै मेगा इभेन्ट मध्येको सागबाट पदक दिलाउँदै देशको गरिमा उच्च बनाएका खेलाडीलाई यसपालिको पदकबाट टाढा भए । देशको गरिमाका लागि अहोरात्र खट्ने खेलाडि सम्मान नगरिनु खेलाडीलाई उपेक्षा भएको कतिपयको टिप्पणी रहेको छ ।

यी हुन सागमा नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी (नामावलीसहित)

यद्यपि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ जना खेलकुद क्षेत्रका व्यक्तित्वहरु पदक तथा विभूषणबाट विभूषित भएका छन् तर खेललाई नै जीवन दिएर राष्ट्रका लागि पदक दिलाउन लक्ष्य राखेका खेलाडीलाई विभूषितको परिधिभिञ पर्न सकेकनन् । खेलकुद क्षेत्रका व्यक्तित्व विभिूषित भइरहँदा खेलकुदलाई जीवन ठानेर अहोरात्र खट्ने खेलाडीहरुलाई विभूषणको उज्यालोले देखेन । हिजो आइतबार खेलाडीहरुलाई विभूषति नगरेको भन्दै एनएनआईपिए, नेपाली कांग्रेसले गम्भीर ध्यानकर्षण भएको विज्ञप्ति पनि जारी गरेको छ ।

राखेपले १३औं सागका ५१ स्वर्ण पदक विजेता र १७ प्रशिक्षकलाई पदकका लागि सिफारिस गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्