बागलुङको पश्चिम क्षेत्रमा केन्द्रिय विद्युत बल्यो – Kanika Khabar
Friday, March 29Nepali News Portal

बागलुङको पश्चिम क्षेत्रमा केन्द्रिय विद्युत बल्यो

    मा प्रकाशित

कनिका खबर
असोज ५, बागलुङ
बागलुङको पश्चिम क्षेत्रमा केन्द्रिय विद्युत पुगेको छ । दश नमुना शहर मध्येको एक बुर्तिबाङ शहरसम्म विद्युत पुगेपछि स्थानीय खुशी भएका छन् । जिल्लाको गल्कोट नगरपालिकादेखि ४५ किलोमिटर टाढा बुर्तिबाङ बजारसम्म विद्युत पुगेपछि एक हजार ३ सय घरधुरी लाभान्वित हुने नेपाल विद्युत वितरण केन्द्र बागलुङका प्रमुख शिव गोशालीले जानकारी दिनुभयो । विद्युत, जिल्लाको गल्कोट नगरपालिका सहित वडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकासम्म पुगिसकेको र अब निसीखोला
गाउँपालिका, तमानखोला गाउँपालिकासँगै ढोरपाटन सिकार आरक्षसम्म पु¥याउने लक्ष्य रहेको प्रमुख गोशालीले बताउनुभयो । हाल करिब ४ करोडलागतमा बुर्तिबाङसम्म ६ वटा ट्रान्सफर्मर मार्फत ११ केभिय क्षमताको विद्युत ल्याइएको हो । बुर्तिबाङ बजारका सबै घरमा विद्युत जडानको काम दुई महिना भित्र हुने बताउँदै कतिपय घर, विभिन्न संघसंस्थामा विद्युत बलिसकेको वितरण केन्द्रले जनाएको छ । आर्थिकव्यवस्थापन हुन सके पश्चिम बागलुङका सबै क्षेत्रमा चाँडै केन्द्रिय विद्युत बल्ने उहाँले बताउनु भयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्