मौसम अपडेट : शुक्रबारसम्म हावाहुरीसहितको वर्षा, सतर्कता अपनाउन आग्रह – Kanika Khabar
Tuesday, August 25Nepali News Portal

मौसम अपडेट : शुक्रबारसम्म हावाहुरीसहितको वर्षा, सतर्कता अपनाउन आग्रह

    मा प्रकाशित

कनिका खबर
असोज ५, दाङ ।
शुक्रबारसम्म देशका विभिन्न स्थानमा ठूलो हुरिवताससहितको वर्षा हुने पूर्वानुमान गरिएको छ । यो क्रम आज रातिदेखि सुरु हुने मौसमविद्ले जनाएका छन् । आज दिउँसो प्रदेश १ र २ मा हुरिवतास आउने सम्भावना छ ।

अहिले पनि प्रदेश १ र २ का केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १ र २ मा चट्याङसहित वर्षा गराउने बादल विकास भइरहेको र रातिदेखि भारी वर्षाको सम्भावना रहेको शाक्यले बताइन् ।

आज राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

राति प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका एक दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । यो क्रम कम्तिमा आउँदो शुक्रबारसम्म कायम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्