डा.केसीमा रोग प्रतिरोधात्मक क्षमता कम्जोर, सङ्क्रमणको खतरा – Kanika Khabar
Monday, August 10Nepali News Portal

डा.केसीमा रोग प्रतिरोधात्मक क्षमता कम्जोर, सङ्क्रमणको खतरा

    मा प्रकाशित

कनिका खबर
असोज ५, जुम्ला
जुम्लामा आठ दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदा सङ्क्रमणको खतरा भएको चिकित्सकहरूले बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज दिउँसो एक विज्ञप्ति जारी गदै डा.केसीको रगतमा चिनीको मात्रा अति कम रहेको र प्रमुख अङ्गमा जटिल समस्या देखिन थालेको बताएको छ । डा. केसीले कुनै स्वास्थ्य परीक्षण गराउन नमानेको विज्ञप्तिमा उल्लेख छ । हाल डा केसीलाई प्रतिष्ठानको आईसीयूमा राखिएको छ । डा.केसीले स्वास्थ्य जाँच तथा उपचार पूर्ण रुपमा अस्वीकार गरिरहेको हुँदा सहज हुने स्थानमा स्थानान्तरण गर्न चिकित्सकहरुले सुझाएका छन् । गत भदौ २९ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्नेलगायत ६ बुँदे माग राखेर जुम्लाको चन्दननाथ ६, रानीचौरमा रहेको वाविरा मन्दिरमा डा केसीले १९औँ सत्याग्रह सुरु गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्