बाटो बिग्रिएपछि बाजुराको स्याउ बजार पुग्न पाएन – Kanika Khabar
Monday, October 14Nepali News Portal

बाटो बिग्रिएपछि बाजुराको स्याउ बजार पुग्न पाएन

    मा प्रकाशित

नन्दा थापा
असोज ६, बाजुरा ।
बाजुरामा औषतमा एक हजार क्वीन्टल स्याउ उत्पादन हुन्छ । अहिले पहिलो चरणमा किसानको बारीबाट ५० क्वीन्टल मात्र स्याउ बिकेको छ । अझै किसानको बारीमा स्याउ टिप्नै बाँकी छ । कृषि ज्ञान केन्द्रले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्र्तगत ढुवानीमा अनुदान दिने भनेपछि आफ्नो बारीमा भएको स्याउलाई किसानले जोगाई राखेका छन् । तत्काल सडक सञ्चालन हुने सम्भावना छैन । हवाइजहाजबाटसबै स्याउ ढुवानी गर्न असम्भव देखिएको छ । किसान बारीको स्याउ बारीमै कुहिने हो कि भन्ने चिन्तामा छन् । यतिबेला बाजुरामा स्याउ पाक्न थालेको छ । किसानहरूलाई स्याउ टिप्ने र बेच्ने चटारो छ । ‘जसले खायो, उसले थाहा पायो’ भन्ने नाराले बाजुराको स्याउ चर्चित छ । देख्नमा अरुभन्दा राम्रो नभएपनि बाजुराको स्याउ स्वादिलो छ । त्यसैले बाजुराको स्याउको माग बजारमा राम्रो छ । कैलालीका पवन विष्ट बाजुराको स्याउ खानका लागि रसिलो र मिठो बताउनुहुन्छ । गत वर्ष स्याउ ढुवानी अनुदानबाट फाइदा लिएका किसानले यो वर्ष बारीमा दोब्बर बिरुवा रोपेका छन् ।केही बर्ष अगाडी रोपेको स्याउले फल दिन सुरु गरेको छ । तर राम्रो बजारको भने अभाव नै रहेको स्थानीय किसान उत्तम शाही बताउँछन् । बाढी पहिरो र अत्याधिक वर्षाले सडक बिग्रिएको छ ।
यातायातका साधन चलेका छैनन् । सडकको माध्यमबाट स्याउलाई बजारमा पु¥याउने सम्भावना कम छ । प्लेनबाट मात्रै स्याउ बजार पठाउन कति सम्भव होला ? नागरिक चिन्तित भएका छन् । अर्का किसान मनबहादुर रोकाया यो वर्ष बाढी पहिरोका कारण सडकहरू बिग्रीएकाले प्लेनबाट उडाएर लैजान समस्या भएको बताउँछन् ।
नेपालगञ्ज र धनगढी पुर्याएसकेपछि भने माग अत्यधिक भएको उहाँले बताउनुभयो । गत वर्षदेखि स्याउ ढुवानीमा अनुदान दिंदै आएको कृषि ज्ञान केन्द्र बाजुरालाईयो वर्ष ढुवानी महङ्गो हँुदा किसानको बारीको सबै स्याउ नउठ्ने हो कि भन्ने चिन्ता छ । कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशी राज्यले प्लेन चार्डट गरेर सबै स्याउ ढुवानी गर्न नसक्ने बताउनुहुन्छ । यसका लागि ठूलो लगानी आवश्यक पर्ने उनले बताए । स्याउलाई पछिसम्म राखिराख्नको लागि बाजुरामा चिस्यान केन्द्र छैन । प्रशोधन गर्नको लागि मेसिन पनि छैन । उत्पादन भएको स्याउ तत्काल बिक्रि नगरे बिग्रिन्छ । तर ढुवानीको लागि भरपर्दो साधन किसानले पाएका छैनन् । किसानले फलाएका स्याउ सहज रुपमा बजारमा पु¥याउन सरकारले के सहयोग गर्छ ?सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह उत्पादित स्याउलाई बजारसम्म पुर्याउन प्रदेश सरकारले पहल गर्ने बताउँछन् । बाजुरामा दुईसय ३० हेक्टर क्षेत्रफलमा स्याउ फल्छ । कृषि ज्ञान केन्द्रले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तरगत ढुवानीमा अनुदान दिने भनेपछि किसानले आफ्नो बारीमा भएको स्याउलाई जोगाई राखेका छन् । तर ढुवानीको कठिनाइले स्याउ बिक्री होला कि नाइँ ? किसानहरू अन्यौलमा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्