डा. केसीलाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पु¥यायो – Kanika Khabar
Friday, April 19Nepali News Portal

डा. केसीलाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पु¥यायो

    मा प्रकाशित

कनिका खबर
काठमाडौं ६ असोज
डाक्टर गोविन्द केसीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर पु¥याएको छ । नेपालगन्जबाट बुद्ध एयरको विमानबाट काठमाडौं ओर्लिएलगत्तै विमानस्थलबाटै डाक्टर केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर पु¥याएको डाक्टर केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभये । हिजो जुम्लाबाट नेपालगन्ज आउनुभएका डाक्टर केसीले आजदेखि त्रिवि शिक्षण अस्पतालमै अनशन जारी राख्ने बताउनुभएको थियो । कोरोनाको जोखिमका कारण त्रिवि शिक्षण अस्पताल नलगी ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ । उहाँ आफैं एम्बुलेन्समा बसेर शिक्षण अस्पताल जान लागेका बेला प्रहरीले एम्बुलेन्स ट्रमा सेन्टर लगेर भित्रै प्रवेश गरेर उहाँलाई नियन्त्रणमा लिई ट्रमा सेन्टरको आकस्मिक कक्षमा पु¥याएको हो । डा. केसीसँग हाल ट्रमा सेन्टरका चिकित्सकले छलफल गरिरहेका छन् भने केसीका समर्थकलाई उहाँलाई भेट्न दिइएको छैन । काठमाडौं आउने क्रममा नेपालगन्ज विमानस्थलमा डाक्टर केसीले जनताको हितका लागि आफूले उठाएका माग पूरा नभएसम्म अनशन जारी राख्ने बताउनुभएको थियो । चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुनुपर्ने लगायतका कार्यक्रम तत्काल सञ्चालन गरिनुपर्ने माग राख्दै जुम्लामा अनशनरत डा.गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबरजस्ती अस्पताल पु¥याएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्