अहिले डब्ल्यूएचओलाई धम्की दिने समय नभएको भेनेजुएलाका राष्ट्रपतिको भनाइ – Kanika Khabar
Friday, April 19Nepali News Portal

अहिले डब्ल्यूएचओलाई धम्की दिने समय नभएको भेनेजुएलाका राष्ट्रपतिको भनाइ

    मा प्रकाशित

कनिका खबर
दाङ ६ असोज
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले संयुक्त राष्ट्रसंघको महासभाको सम्बोधनमा विश्व कोरोनाभाइरस महामारीकोविरूद्ध ‘एकजुट’ हुनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसंघका अन्वेषकले मानवतासम्बन्धी अपराधको अभियोग लगाएका मदुरोले भिडियोमा रेकर्डमार्फत् पठाइएको सम्वोधनमा ‘आधिपत्य’ र ‘साम्राज्यवादी विचार’ विरुद्ध लड्न पनि उक्त अवसरमा आग्रह गर्नुभयो । उहाँले विश्व स्वास्थ्य संगठनमा हस्तक्षेप अस्वीकार्य भन्दै कुनै देशको स्पष्ट नाम नलिएर भेनेजुएलाले बहुपक्षीय विश्वलाई समर्थन गर्ने र अन्तर्राष्ट्रिय कानून लागू गर्ने तथा विश्वको जनतालाई कसरी जोगाउने व्यवस्था गर्ने भन्ने नयाँ राष्ट्रसंघीय प्रणालीको समर्थन गर्ने बताउनुभयो । अहिले अपमान गर्ने, डब्ल्यूएचओलाई धम्की दिने समय नभइको भन्दै उहाँले अब यसको पक्षमा एकजुट हुने समय आएको बताउनुभयो । भेनेजुयलाको निर्वाचनमा विपक्षी समूहलाई सहभागिता नगराएको र निर्वाचन आफ्नो पक्षमा पार्न व्यापक धाँधली गरेको दावी गर्दै मदुरोलाई राष्ट्रपतिका रूपमा अमेरिका लगायत विश्वका करिब ५० मुलुकले वैधानिकता दिएका छैनन् । मदुरो भोलि संयुक्त राष्ट्रसंघको वार्षिक साधारणसभामा अर्को सम्वोधन गर्नुहुनेछ । मदुरो सन् २०१८ पछि महासभामा भौतिक रूपमा उपस्थित हुनुभएको थिएन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्