डिभिजन वन कार्यालयद्वारा अतिक्रमण हटाई ,४ क्यूफिट चिरान काठ बरामद – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

डिभिजन वन कार्यालयद्वारा अतिक्रमण हटाई ,४ क्यूफिट चिरान काठ बरामद

    मा प्रकाशित

कनिका खबर
दाङ, असोज ६ ।

डिभिजन वन कार्यालय दाङ र पुरन्धारा सव डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले सोमबार बबई गाँउपालिका वडा नं. ५ जौबारीमा अवैद्य चिरान काठसहित  जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाँउपालिका वडा नं. ५ निवासी वर्ष २३ का नवराज खत्री (के.सी.) रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिम बहादुर के.सी. ले जानकारी दिए ।
बिना ईजाजत अवैध वन पैदावार हानी नोक्सानी, लुकाई छिपाई राखेको र ओसार पसार गर्न लागेको सुचना विशेष सुराकी संयन्त्रबाट प्राप्त भए पछि पुरन्धारा सव डिभिजन वन कार्यालयका स.व.अ. सिद्धान्त बरालको नेतृत्वमा सहायक वन अधिकृतहरू संयोग बस्नेत र विष्णु प्रसाद लामिछाने र सशस्त्र वन रक्षक सहितको गस्ती टोलीी परिचालन गरिएको थियो ।
गस्ती टोलीछारा संकित स्थानको करिव ४ घण्टाको निरन्तर खोजतलास पछि बबई गाँउपालिका वडा नं. ५ अन्तर्गतको जौवारी भन्ने स्थानमा रहेको नवराज खत्रीको घर करेसाबाट साल जातका गोलिया थान ६ को ६.५) क्यूफिट र ऐ.ऐ. बस्ने भुपाल रोकाको घर करेसामा फेला पारेको चिरान काठ ६.८३ क्यूफिट गरी जम्मा ३.३३ क्यूफिट काठ गस्ती टोलिको निरन्तर ७ घण्टाको प्रयास पछि बरामद गरीी बरामद गरिएको काठ ट्याक्टरमा लोड गराई पुरन्धारा सव डिभिजन वन कार्यालय परिसरमा सुरक्षित राखिएको छ ।
त्यसैगरी बबई गाँउपालिका वडा नं. ५ स्थिति  खाल्टे भन्ने स्थान सोही गस्ती टोलीले गेदलाल बुढाथोकिको छोरा बल बहादुर बुढाथोकीले वन क्षेत्रमा अतिक्रमण गरी बनाएको छाप्रो भेटिएकोमा खानतलासी गर्दा साल जातको अवैध चिरान काठ (थान ६२ को )४क्यूफिट बरामद गरी काठ लुकाउन बनाईएको काठको अस्थायी छाप्रो स्थानीयहरूकाे  रोहबरमा भत्काईएको जानकारी स.व.अ. सिद्धान्त बरालले बताए ।
घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानको शिलसिलामा डिभिजन वन कार्यालयमा राखिएको र घटनाका बारेमा विस्तृत अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकिएकोले घटनाका बारेमा विस्तृत अनुसन्धान भईरहेको जानकारी डिभिजनल वन अधिकृत विजयराज सुवेदीले दिए । अतिक्रमणकारीलाई वन ऐन २)७६ बमोजिम पाँच वर्ष कैद र विगो असुल गरी लाख रूपैया सम्म जरिवाना वा दुुबै सजाय हुने व्यवस्था रहेको डिभिजनल वन अधिकृत सुवेदीले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्