अस्ट्रेलियाको तास्मानिया द्वीपमा सयौँ ह्वेल अलपत्र, कयौँको मृत्यु – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

अस्ट्रेलियाको तास्मानिया द्वीपमा सयौँ ह्वेल अलपत्र, कयौँको मृत्यु

    मा प्रकाशित

एजेन्सी-

अस्ट्रेलियाको तास्मानिया द्वीपमा सयौँ ह्वेल अलपत्र परेका छन् ।

त्यसमध्ये कयौँको मृत्यु भएको बीबीसीले जनाएको छ सोमवारयता उक्त द्वीपको पश्चिमी तटमा झन्डै ४७० वटा ह्वेल फेला परेका छन्। अहिले देखा परेको नयाँ समूहमा भएका २०० मध्ये अधिकांश ह्वेल मरिसकेको जस्तो देखिएको उद्धारकर्ताहरूले जनाएका छन् ।

उनीहरूका अनुसार उद्धारकर्ताहरूले थोरै पानी भएको ठाउँमा अलपत्र परेका ह्वेललाई जोगाउन संघर्ष गरिरहेका छन्।

पहिला फेला परेको समूहका २५ वटा ह्वेललाई मङ्गलवार उद्धार गरिएको थियो । तर तीमध्ये केहीलाई छालले फेरि तटतिर ल्याइदिएको अधिकारीहरूले बताएका छन्।

अस्ट्रेलियन एन्टार्क्टिक डिभिजनले अहिले अलपत्र परेका ह्वेलको सङ्ख्या सर्वाधिक हो कि हैन भनेर अभिलेखको अध्ययन गरिरहेको जनाएको छ।

तास्मानियामा यसअघि सन् १९३५ मा २९४ वटा र सन् २००९ मा २०० वटा पाइलट ह्वेल फसेका बीबीसीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्