पछिल्लो २४ घण्टामा थप ११सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Saturday, March 15Nepali News Portal

पछिल्लो २४ घण्टामा थप ११सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
असोज ७, दाङ ।
नेपालमा थप ११ सय७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित जानकारीका क्रममा आज प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ सय७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको प्रवक्ता गौतमले बताए । काठमाडौं उपत्यकामा ६ सय ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रवक्ता डा. गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । आज सबैभन्दा धेरै काठमाडौंमा सङ्क्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ४ सय ९२ जना सङ्क्रमित थपिएका छन् । ललितपुर ५० र भक्तपुरमा ९५ जना कोरोना सङ्क्रमित देखिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा कोरोना सङ्क्रमित १८ हजार ५ सय नाघेको छ । २४ घन्टामा जम्मा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १८ सय ९३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४९ हजार ९ सय ९४ जना पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्