माधव बेल्बासे
असोज ७, कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगरमा ३७ केजी चरेस सहित २ जना महिला पक्राउ परेका छन् । सुटकेस र शरीरमा लुकाएर ल्याउदै गरेको अवस्थामा २ महिला पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले कार्यालय अगाडि जाँच गर्ने क्रममा पक्राउ गरेको हो । पक्राउ पर्ने मकवानपुर मनहारी गा.प. ९ बस्ने बर्ष ४० कि शान्ति तामाङ र रोल्पा घर भई हल शिवराज नगरपालिका ९ बनियाभार बस्ने बर्ष ३५ कि बसन्ती घर्तीलाई ३७ किलो चरेश सहित पक्राऊ गरिएको इप्रका कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।
कपिलवस्तु प्रहरीले सोमवार यशोधरा ७ मर्यादपुर बाट लागु औषध सहित २ भारतीय नागरिक पक्राउ गरेको थियो । ब्राउन सुगर बिक्री गर्ने उद्देश्यले सिमावर्ती वजार मर्यादपुर पुगेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको सुराकीको आधारमा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला सोहरतगढ बस्ने वर्ष २५ को नियाज धुनिया र वर्ष २० को अजमेरी धनिया रहेका छन् । उनीहरुको साथबाट प्रहरीले २७ ग्राम ब्राउन सुगर वरामद गरेको छ । धागोले बेरीएको अवस्थामा ८ वटा पोका बनाई प्लास्टिकमा राखी लुकाएर ल्याएका थिए । पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्न सुरु गरीएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
मा प्रकाशित


