उपेन्द्र गोले
असोज ७, रौतहट ।
रौतहट गरुडाका विजय राम हत्यकाण्डमा मुछिएका प्रहरी उपरिक्षक , डिएसपि , एसपि देखि असइ सहित कारवाही पर्ने भएका छन् । रौतहटको गरुडा नगरपालिका–८ जिगडियाका १७ वर्षीय युवक विजयरामको प्रहरी हिरासतमा प्रहरीको चरम यातनाक कारण मृत्यु भएका थियो ।
घटनामा तत्कालीन रौतहट प्रहरी प्रमुख नायव उपरीक्षक रविराज खडका , डिएसपी ज्ञानकुमार महतो लगायत सई विरेन्द्र यादवलाई प्रहरी विभागले कारवाही गर्ने भएको हो । एसपी ख्डकालाई भदौ १८ गते रौतहट प्रहरी प्रमुखबाट जिम्मेवारी हटाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको थियो । सोही हत्या काण्डको छानविन समितिले बुझाएको प्रतिवेदनमा एसपी खड्का, डिएसपी महतो र सई यादवलाइ कार्यवाही गर्न सिफारिस गरिएसंगै कारवाही हुने भएको हो । गरुडा नगरपालिका जींगडियाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजय रामलाइ साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्थामा उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको थियो । मृत्यु भए लगत विजय रामको हत्यामा संलग्नलाई कार्यवाही गर्न भन्दै दिनहु नारा जुलुस भएको थियो । विजय रामको हत्यामा न्यायको लागी आन्दोलनरत रहेको दलित समुदायले एसपी खडका, डिएसपी महतो सहित ६ जना माथीकार्यवाहीको माग गर्दै जाहेरी समेत दिएका थिए ।
मा प्रकाशित