वामदेवलाई संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतको आदेश – Kanika Khabar
Monday, July 14Nepali News Portal

वामदेवलाई संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतको आदेश

    मा प्रकाशित

कनिका खबर
असोज ७, दाङ ।
राष्ट्रिय सभामा नियुक्त भएका सत्तारुढ दल नेकपा उपाध्यक्ष वामदेव गौतमलाई कुनै पनि संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

आज बुधवार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई कुनै पनि संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले यो रिटको टुंगो संवैधानिक इजलासबाट लगाउनुपर्ने भन्दै असोज १४ गते छलफलका लागि बोलाएको छ । यो रिटको टुङ्गो नलाग्दासम्म गौतमलाई कुनै पनि संवैधानिक अधिकार नदिन आदेश जारी गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्