फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस – Kanika Khabar
Friday, April 26Nepali News Portal

फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस

    मा प्रकाशित

कनिका खबर
असोज ८, दाङ ।
सरकारले कोरोना सङ्क्रमण दर तीव्र गतिमा बढेको निचोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

कोरोना सङ्क्रमण दर तीव्र बन्दै गएकाले सबै सेवा र व्यवसाय एक महिनान खोल्ने गरी मन्त्रालयले सिफारिस गरेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार अहिले कोरोनाका १७ हजार सक्रिय संक्रमित छन् ।

यदि सक्रिय सङ्क्रमितको संख्या २५ हजार पुगेको खण्डमा लकडाउन गर्नुपर्ने सिफारिस पनि मन्त्रालयले सरकारलाई गरेको छ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा भने थप ११ सय७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्