सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने साफको निर्णय – Kanika Khabar
Thursday, June 12Nepali News Portal

सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने साफको निर्णय

    मा प्रकाशित

कनिका खबर
असोज ८, दाङ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ । महासंघले सूचना प्रकाशित गर्दै आफ्नो मातहतका सबै सदस्य राष्ट्रहरुसित छलफल गरेपछि साफ च्याम्पियनसिप अन्तर्गतका सबै उमेर समूहका प्रतियोगिता स्थगन गर्ने निर्णय गरिएको जनाएको छ ।
अब सन २०२० मा तय भएका कुनै पनि उमेर समूहका प्रतियोगिता सञ्चालन हुने छैनन् । महासंघले सन २०२० मा पुरुष यू–१८ र यू–१६ तथा महिलाको यू–१५ प्रतियोगिता आयोजना गर्ने यसअघि तालिका सार्वजनिक गरेको थियो । कोरोना भाइरसको महामारीका कारण ती सबै प्रतियोगिता सञ्चालन गर्न नसकिने महासंघले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्