स्याङ्जा पहिरो खपडेट : पहिरोमा परी ६ जनाको मृत्यु – Kanika Khabar
Monday, November 17Nepali News Portal

स्याङ्जा पहिरो खपडेट : पहिरोमा परी ६ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज ८, स्याङ्जा ।
अविरल वर्षापछि गएको पहिरोमा परी स्याङ्जामा ६ जनाको मृत्यु भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुर्दा ५ जनाको मृत्यु भएको छ । घटनास्थलबाट जीवितै उद्धार गरिएकी १७ वर्षीया मनिषा नेपालीको थप उपचार गर्न पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी ६० वर्षीया शानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, २८ वर्षीया उमाकला नेपाली र ९ वर्षीय विवश नेपाली छन् । साथै कालिगण्डकी गाउँपालिका ४ गौतमडाँडामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । बाबुराम दमाईका छोरा विष्णु दमाईको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्