दाङमा एक स्कारपियो दुर्घटना – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

दाङमा एक स्कारपियो दुर्घटना

    मा प्रकाशित

कनिका खबर
असोज ८, दाङ ।
आज बिहीबार दाङमा एउटा स्कारपियो दुर्घटना भएको छ । दाङ हुँदै सल्यान जान लागेको स्कारपियो गाडी दाङमा दुर्घटना भएको हो । दाङको लमही घोराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोडदेखि करिब दुई किलोमिटर अगाडि आज विहान बा ११ च ९५१३ नम्बरको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी सल्यानको रेडियो मध्यपहाड एफ.एमका स्टेसन म्यानेजर बागचौर नगरपालिका वडा नम्बर ३ का बिरेन्द्र डिसी, सोही रेडियोमा कार्यरत सोही ठाउँका तुलाराम परियार, त्यस्तै लेकाली अनलाइनका सम्पादक खगेन्द्र केसी, छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ का चालक सन्तोष बुढाथोकी र सोही ठाउँकी निर्मला बुढाथोकी घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । दुर्घटनामा दाङ तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ५ का प्रकाश ओली पनि घाइते भएको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्