कोरोनाका कारण दाङका तेस्रो व्यक्तिको मृत्यु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कोरोनाका कारण दाङका तेस्रो व्यक्तिको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज ८, दाङ ।
कोरोना सङ्क्रमणका कारण दाङका तेस्रो व्यक्तिको मृत्यु भएको छ । ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ३९ बर्षीय एक युवाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ ।

बोनम्यारोको समस्या देखिएपछि ती युवा भदौ ४ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका लागि गएका थिए । उपचारकोक्रममा सोही अस्पतालमा उनलाई कोरोना संक्रमन पुष्टि भएको आफन्तले बताएका छन् । भदौ ३१ गते कोरोना संक्रमन पुष्टि भएपछिउनलाई आइसियूसहितको उपचार चाहिने भन्दै राजधानीको ह्यम्स हस्पिटलमा सारिएको थियो ।

उपचारका क्रममा उनको विहीवार विहान साढे २ बजेतिर ह्याम्स हस्पिटलमा मृत्यु भएको पारिवारीक स्रोतले बताएको छ । नेपाली सेनालेउनको अन्त्येष्टि काठमाडौं मै गर्ने तयारी गरेको पारिवारीक स्रोतले बताएको छ ।

योसहित दाङका तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ । घोराहीको ट्राफिक चोकमा एक जना सडकमा बस्ने महिलाको मृत्युपछि कोरोना पुष्टि भएको थियो । त्यस्तै अर्का एकजना भारतमा निधन भएका व्यक्तिको दाङमा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्