पहिरोले बस पुरिंदा एक जनाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पहिरोले बस पुरिंदा एक जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज ९, नवालपरासी
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा गुडिरहेका बसमाथि पहिरो गएको छ । पहिरोले बस पुरिदा एक जनाको मृत्यु भएको छ । हिजो साँझ विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख. ७९४० नम्बरको बस पुरिएको प्रहरीले जानकारी दिएको छ । माटोको लेदोसहितको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुम पश्चिम आठबीसकोठ गाउँपालिकाका २५ वर्षका हरिषचन्द्र केसीको गएराति उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । घाइतेमध्ये ४ जनाको मेडिकल कलेज भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ । पहिरोले अवरुद्ध भएको सडक आज बिहान ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्