कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज ९, बाँके
कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बाँकेमा थप एक जना कोरोना भाइरस सङक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एकलैनी निवासी ५२ बर्षका पुरुषको आज बिहान साढे २ बजे मृत्यु भएको हो । उहाँको नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । मृतकको फोक्सोमा निमोनिया हुनुको साथै उच्च रक्तचाप समेत देखिएको श्रेष्ठले जानकारी दिनुभयो । दिउँसो रिपोर्ट पोजेटिभ आएपछि उनी भदौ ६ गते राति ११ बजे अस्पतालमा भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ५४ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्