स्वयंसेवकहरूलाई कोरोनाभाइरसबाट सङ्क्रमित बनाउने पहिलो मुलुक यूके बन्न सक्ने – Kanika Khabar
Monday, November 17Nepali News Portal

स्वयंसेवकहरूलाई कोरोनाभाइरसबाट सङ्क्रमित बनाउने पहिलो मुलुक यूके बन्न सक्ने

    मा प्रकाशित

कनिका खबर
असोज ९, दाङ
कोभिड–१९ विरुद्ध खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोनाभाइरसबाट सङ्क्रमित बनाउने पहिलो मुलुक यूके बन्न सक्ने बताइएको छ । ‘च्यालेन्ज ट्रायल’ भनिने त्यस्तो किसिमको परीक्षण लन्डनमा सम्पन्न गरिने वीवीसीले लेखेको छ। त्यस्ता स्वयंसेवकलाई कोरोनाभाइरसबाट जानाजान सङक्रमित बनाएर सम्भावित खोपको प्रभावकारिता जाँच्न खोजिनेछ । यूके सरकारले ह्यूमन च्यालेन्ज स्टडीज मार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ । तर हालसम्म कुनै पनि किसिमको सम्झौता भने गरि नसकिएको बीबीसीले आफ्नो वेइवसाइटमा लेखेको समाचारमा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्