कोरोनाभाइरस सङक्रमितमध्ये निको हुनेको संख्या २ करोड ३९ लाख नाघ्यो – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

कोरोनाभाइरस सङक्रमितमध्ये निको हुनेको संख्या २ करोड ३९ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
असोज ९, दाङ
विश्वभरिमा कोरोनाभाइरस सङक्रमितमध्ये निको हुनेको संख्या २ करोड ३९ लाख नाघेको छ । शुक्रबार बिहान साढे ६ बजेसम्म कुल सङक्रमितको संख्या ३ करोड २३ लाख ९४ हजार ८३० जना पुगेकोमा २ करोड ३९ लाख ४ हजार ६८७ जना संक्रमणमुक्त भएका हुन् । सङक्रमितमध्ये हालसम्म ९ लाख ८७ हजार ६६ जनाको मृत्यु भइसकेको छ । कुल सङक्रमितमध्ये अब सक्रिय संक्रमितको संख्या ७५ लाख ३ हजार ७७ छ । जसमध्ये ९९ प्रतिशत अर्थात् ७४ लाख ३९ हजार ७ सय ५९ जनाको स्वास्थ्य अवस्था सामान्य छ भने ६३ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ । सङक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ७१ लाख ८४ हजार ८ सय ५४ कुल सङक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २५ लाख ४६ हजार २ सय ८६ छ । त्यहाँ संक्रमणबाट २ लाख ७ हजार ५ सय १६ जनाको ज्यान गइसकेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्