स्याङ्जामा पहिरोमा पुरिएर मृत्यु भएका नौ जनाको सामुहिक दाहसंस्कार – Kanika Khabar
Tuesday, January 19Nepali News Portal

स्याङ्जामा पहिरोमा पुरिएर मृत्यु भएका नौ जनाको सामुहिक दाहसंस्कार


    मा प्रकाशित

कनिका खबर
असोज ९, स्याङ्जा ।

हिजो बिहीबार स्याङ्जामा पहिरोमा पुरिएर मृत्यु भएका एकै परिवारका नौ जनाको सामुहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो ।
नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाईएको थियो ।

६ महीनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको थियो । नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए ।

सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्