सिमेन्ट प्रालिका ट्रिपर, धुलो र जीर्ण सडकले नागरिकले ब्यहोर्नु परेका समस्या समाधानका लागि प्रजिअ सहित कपुरकोटमा छलफल – Kanika Khabar
Friday, April 19Nepali News Portal

सिमेन्ट प्रालिका ट्रिपर, धुलो र जीर्ण सडकले नागरिकले ब्यहोर्नु परेका समस्या समाधानका लागि प्रजिअ सहित कपुरकोटमा छलफल

    मा प्रकाशित

शंकर के.सी.
सल्यान, ९ असोज ।

दैनिक रुपमा रोल्पा सिमेन्ट प्रा.लि. सम्म आवतजावत गर्ने ट्रिपर र यसले निम्त्याएको समस्याका बारेमा सल्यान कपुरकोटमा छलफल भएको छ । कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारि हेमराज तामाङको विशेष उपस्थितिमा रोल्पा सिमेन्ट, ट्रिपर ब्यवशायी, स्थानीय राजनीतिक दल र प्रभावित नागरिकहरुवीच छलफल गरेका हुन् । यद्यपि विहिबार सम्पन्न उक्त बैेठकले कुनै ठोस निकास दिन सकेन ।

दाङ तुलसिपुरदेखि कपुरकोट हुँदै रोल्पा त्रिवेणी गाउँपालिकास्थित सिमेन्ट कम्पनी सम्म जोडिएको सडकमा हिँड्ने अन्य सवारी साधन, सडक नजिकका बासिन्दा तथा पैदल यात्रुले निकै सास्ती खेप्नु परेको भन्दै पटक पटक गुनासो र आन्दोलन गर्दै आएका छन् । सिमेन्ट प्रालि सम्म पुग्ने सडक कपुरकोट गाउँपालिकाका ५ वटा वडा हुँदै पुगेको र ट्रिपर चल्दा उड्ने धुलो, सडकका खाल्डाखुल्डीले हैरान भएको कपुरकोट ५ खाली निवासी गिरीराज ओलीलले बताए ।

यस सडक खडण्मा कपुरकोट, खाली लगाएतका बजार क्षेत्रमा ट्रिपरका कारण उड्ने धुलोले ब्यापार ब्यवशाय गर्न समेत समस्या उत्पन्न भएको र स्थानीय सरकारले समस्या समाधानमा पहल गर्नुपर्ने भन्दै स्थानीयले आवाज उठाउदै आएका थिए । कपुरकोट गाउँपालिकाले आयोजना गरेको बैठकमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सडक तथा ट्रिपरको क्षमता भन्दा बढी लोड बोक्ने गरेको, सडक मर्मत, धुलो नियन्त्रण र स्थानीय संग गरेको सम्झौतामा प्रालिले कुनै चासो नदिएको भन्ने गुनासो आएको भन्दै रोल्पा सिमेन्ट प्रालिका प्रशासन प्रमुख सुरेन्द्र अधिकारीसंग जवाफ मागेका थिए । आफुह?ले आफ्नो पालिका क्षेत्रभित्र पर्ने सडक मर्मतको तयारि गरेको भए पनी स्थानीय सरकारको कार्यक्षेत्र भित्र नपर्ने भएकाले सडक मर्मत गर्न नसकिएको सेनले बताए ।

रोल्पा सिमेन्ट प्रा.लि. का प्रशासन प्रमुख अधिकारीले सरकारले उक्त सडक खण्डमा विगत २ वर्ष देखी कुनै पनि बजोट विनियोजन नगरेको बताए । यद्यपि प्रालिसंग सम्झौता गरेर सञ्चालन भइरेका पुन कन्ट्रक्शनले प्रतिटन २५ ?पैयाँ जम्मा गरेर सडक मर्मत गरिरहेको बताए । यस प्रकारको मर्मतले दिर्घकालिन समाधान नदिने, धुलोको कारण स्थानीयले सास्ती ब्यहोर्नुुपरेको, सडकमा गुड्ने अन्य साना सवारि साधन जोखिममा रहेको स्वयम ट्रिपर ब्यवशायीले पनि स्वीकारेका छन् ।

बैठकमा सडक डिभिजन दाङका प्रमुखलाई समेत आमन्त्रण गरिएकोमा उनी उपस्थित नभएको बताइएको छ । बैठकले उक्त जिर्ण सडकको मर्मत, धुलो नियन्त्रण जस्ता समस्या समाधानमा रोल्पा सिमेन्ट प्रालिले के कति योगदान र बजेट खर्च गर्न सक्ने हो यस बारेमा स्सपष्ट भइ बोर्ड बैडकबाट निर्णय गरी अर्काे बैेठकमा उपस्थित हुने निर्णय गरेको छ । यस्तै राप्ती लोकमार्गको मर्मत र स्तरोन्नतिका सन्दर्भमा के कति रकम विनियोजन भएको, यसको आगामि कार्यदिशा के ? भन्ने बारेमा स्पष्ट धारणा सहित सडक डिभिजन कार्यालय दाङको जिम्मेवार कर्मचारी उपस्थित भइ उपयुक्त निर्णय गर्ने निचोड निकालेको छ ।

बैठकमा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, सशस्त्र प्रहरी बल गुल्म सल्यानका हरि पराजुली, गाउँपालिका प्रवक्ता यम कुमार वस्नेत, नेपाली कांग्रेस कपुरकोटका सभापति तथा कपुरकोट ३ का वडाध्यक्ष मिन बहादुर सेन, वडा नं ४ का वडाध्यक्ष हरिलाल पुन, कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र शाही, नेपाल कम्युनिष्ट पार्टि नेकपा कर्णाली प्रदेश परिषद सदस्य द्रोण केसी, नेपाली कांग्रेसका दुर्गा बहादुर गिरी, पुन कन्ट्रक्शनका प्रेम प्रकाश पुन, सन्तोष बुढाथोकी, एकराज ओली, उद्योग वाणिज्य संघ सल्यानका सदस्य कमल घर्ती, कपुरकोट बजार ब्यवस्थापन समितिका अध्यक्ष ?पक बुढा, स्थानीय नागरिकको तर्फबाट ?पलाल यरी, पवन कार्की, गिरिराज ओली लगाएउतको सहभागीता थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्