काेराेनाकाे आशङ्का गरिएकाे टेस्ट नेगेटिभ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

काेराेनाकाे आशङ्का गरिएकाे टेस्ट नेगेटिभ

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २६, दाङ ।

दाङमा कोरोना भाइरसको आशङ्कामा ३८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । बैशाख २४ र २५ गते प्रतिष्ठानसहित कोरोना अस्पताल बेलझुण्डी, राप्ती गाउँपालिका र लमही क्वारेन्टाइनबाट सङ्कलित ३८ जनाको नमूना परिक्षण गरिएको हो ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले जानकारी दिएका छन । हालसम्म प्रतिष्ठानको पिसिआर बिधिबाट ९७ जनाको परिक्षण भएको छ । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्